Sunday, May 17News That Matters

प्रहरी पोष्ट तोडफोडमा संलग्न रहेको आरोपमा ५ पक्राउ

पूर्णपुष्टि,जेष्ठ २५

सुनसरीको धरान उप–महानगरपालिका–१५ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा संग्लग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । जेष्ठ १३ गते अस्थायी प्रहरी पोष्ट बसपार्कको कार्यालय भवन तोडफोड गरी फरार रहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

२४ बर्षीय बिक्रम राई, २७ बर्षीय सिजन राई र २६ बर्षीय कालु भनिने सरोज लिम्बु, जेष्ठ १८ गते धरानकै देउरालीबाट पक्राउ परेका हुन् भने ३० वर्षीय बसन्त राई र ३२ वर्षीय रेगन लिम्बु धनकुटाको छथरपोखरी–४ बाट जेष्ठ २४ गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुको माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।