
पूर्णपुष्टि, राजावास, मंसिर २८ गते ।
उदयपुरमा संञ्चालन भएको तिन दिने राष्ट्रिय न्वागी (नेमान)ं पर्व दोस्रो दनुवारी खाना परिकार तथा सांस्कृतिक उत्सव २०८२ भव्यताका साथ सम्पन्न भएको छ । मंसिर २५ गतेबाट सुरु भएको उक्त महोत्सव २७ गते औपचारिक कार्यक्रम सहित सम्पन्न भएको हो । महोत्सव सँगै सांस्कृतिक कार्यक्रम पनि भव्य भएको छ । तिन दिने महोत्सवले दनुवार समुदायलाई एक ठाउँमा उभ्याएको र थप एकतामा बाँध्न सफल भएको दनुवार जागरण समाज त्रियुगा नगर समितिका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका समेत अध्यक्ष रहेका भुनराज दनुवारले बताए । दनुवारले पहिले दनुवार समुदायहरुले आआफ्नै तरिकाले मनाउँदै आएको उक्त पर्व पछिल्लो समय एकै स्थानबाट मनाउने र एक बद्ध गराउने काम गरिरहेको अध्यक्ष दनुवारको भनाई छ । यस्ता खाले मेला महोत्सवले दनुवार समुदायलाई थप सचेत बनाउने काम गरेको समेत बताईएको छ । महोत्सवले यस समुदायको परम्परा मौलिकता, संस्कार संस्कृति, भेष भुषा, भाषा सँगै रैथाने खानालाई बिषेश उजागर गरेको छ । महोत्सवलाई कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले उद्घाटन गरेका थिए भने त्रियुगा नगरपालिकाका वडा नं ९ अध्यक्ष राज कुमार दनुवारले समापन गरेका थिए ।


!
