Tuesday, June 2News That Matters

उदयपुरमा दुई वडा गठबन्धन र दुई वडामा एमालेको जीत

उदयपुर, बैशाख ३१ गेत ।
७५ वटा वडाहरु रहेको उदयपुरमा चारवडाको अन्तिम मत परिणाम आएको छ । मत परिणाम अनुसार दुई वडा गठबन्धन र दुई वडामा नेकपा एमालेको जीत भएको छ ।
लिम्चुङबुङ गाउँपालिकाको वडा नं. ४ र ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्षमा विजयी प्राप्त भएको छ भने रौतामाई गाउँपालिका १ र ताप्ली गाउँपालिका १ को वडाध्यक्षमा नेकपा एमालेको तर्फबाट जीत हात परेको छ ।
लिम्चुङबुङ–४ मा क्षत्र राई र वडा ५ मा बसन्त राई विजयी भएका छन् भने रौतामाई १ मा रुद्रबहादुर कार्की र ताप्ली १ मा उद्धव हमाल विजयी बनेका छन् । एमालेको दुबै वडामा प्यानल जीत भएको हो ।