
पूर्णपुष्टि, जेष्ठ २ गते ।
उदयपुरमा लैङ्गिक बिभेद हिंसा रोकथाम र प्रतिकार्यका लागि निर्माण गरिएको योजना तथा सूचकहरुको कार्यन्वयन भएको पाईएको छ । हिंसा न्युनिककरण लागि ६ महिना अगाडी तयार पारिएको आवश्यक सूचक तथा योजनाहरु पछिल्लो समय प्रभावकारी कार्यन्वयन भएको देखिएको हो ।
युएनएफपिएको आर्थिक सहयोग, आईपास नेपाल, कोकन नेपाल र सिएमसी नेपालको संयुक्त साझेदारीमा संञ्चालन लैङ्गिक बिभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना उदयपुरको ४ ओटा नगरपालिकाहरुमा संञ्चालन भैरहेको अवस्था छ ।

मंगलबार आईपास नेपालको आयोजना तथा ओसिएमसीको समन्वयमा त्रियुगा नगरपालिकाको सभाहल स्थित ६ महिना अगाडी तयार पारिएको ७ सूचक र ४७ ओटा उपसुचकको बृहत समिक्षा गरिएका थिए । सोही समिक्षा बैठकले पहिलेको भन्दा थप कार्ययोजनाको कार्यन्वयन भएको पाईएको हो । उक्त सूचकको कार्यन्वयन भएको पक्ष र कार्यन्वयन नभएको पक्षलाई हेरेर समुदाय पक्ष र सेवाप्रदाही पक्ष गरी दुवै तर्फबाट अंक दिन सकिने व्यवस्था थियो । यी दुवैले दिईएको अंकलाई बिचमा राखेर दिईने अंक जसलाई सामुदायीक अंकपत्र पनि भनिन्छ । उक्त समिक्षा बैठकमा बिभिन्न अधिकारवालाहरु र समुदायलाई भेलागरी सूचक कार्यन्वयनबारे अंक पत्र समेत निर्माण गरिएको छ । जसमा प्रहरी, एकद्धार संकट व्यवस्थापन (ओसिएमसी), पालिका, लैङ्गिक हिंसा सम्बोधन गर्ने निकायहरु, समुदाय र न्यायिक क्षेत्र सम्बन्धी सूचकहरु निर्माण गरिएका थिए । यी सूचक निर्माण पश्चात कार्यन्वयनको पाटो कस्तो रह्यो भन्ने समिक्षाले सूचकका कार्यन्वयन पक्षहरु सकरात्मक रहेको देखाएको हो । समिक्षामा ६ महिना यता भएको कार्यन्वयन पक्षलाई अंक प्रदान गरिएको छ । जसको लागि फुल अंक १० रहेको छ ।

यस सूचकको पहिलो शिर्षकमा रहेको प्रहरीले लैङ्गिक हिंसाका घटनाहरुमा प्रभावकारी सम्बोधन गरेको छ लाई ८ अंक प्राप्त भएको छ । यो भन्दा पहिलो समिक्षाहरुमा यस सूचकले ४ र ६ मात्र अंक प्राप्त गरेका थिए । यो पटक २ थप्दै ८ पुराएको छ । यस अंकका अनुसार यी सूचकले हिंसाका क्षेत्रमा आफ्नो कर्तव्यलाई बढाएको देखिन्छ । आउँदो समिक्षामा यस सूचकको तार्गेट १० पुराउने रहेको छ ।
यस्तै दोस्रो सूचक एकद्धार संकट व्यवस्थापन केन्द्रले हिंसा प्रभावितका लागि प्रभावकारी सेवा प्रदान गरेको छ मा ९ अंक प्राप्त भएको छ । जुन पहिलो क्रियाकलापहरुको आधारमा यसको अंक ०.५ ले बृद्धि भएको देखिन्छ । यसको पनि अबको तार्गेट १० पुराउनेनै छ ।
सुरक्षित आवास गृहले लैङ्गिक हिंसा प्रभावितका लागि प्रभावकारी सेवा प्रदान गरेको छ भन्नेमा ८ अंक प्राप्त भएको छ । यसमा भने कार्यन्वयनको पक्षमा कुनै फरक देखिएन । किनकी अघिल्लो एक समिक्षामा पनि यस सूचकको अंक ८ नै रहेको पाईएको छ । अबको समयमा यसले पनि १० अंक प्राप्त गर्दै आफ्नो तार्गेट पुरा गर्ने लक्ष्य राखेको छ ।
यस्तैगरी पालिकाले लैङ्गिक हिंसा प्रभावितका लागि प्रभावकारी सेवा प्रदान गरेको छ भन्ने सूचकले ९ अंक प्राप्त गर्यो । यसको पहिलो समिक्षामा ७ अंक रहेको थियो भने ३ अंक थप्दै ९ पुराएको हो । यस सूचकको पनि अबको तार्गेट १० नै रहेको छ ।
यसैगरी लैङ्गिक हिंसा सम्बोधनमा काम गर्ने निकायहरुबीच प्रभावकारी समन्वय रहेको छ भन्नेमा ८.५ अंक प्राप्त भएको जुन अघिल्लो समिक्षा भन्दा ०.५ ले अंक प्राप्त भएको छ । यो भन्दा पहिले यो सूचकको अंक ८ मात्र थियो । यसको पनि तार्गेट १० अंक पुराउने रहेको छ ।
त्यस्तै समुदायको अन्य व्यक्तिहरु समाजमा घटेको अपराधहरुको बारेमा उजुरी दिन उत्कुसुक र अनुसन्धान प्रक्रियामा सहयोगी छन् भन्नेमा पनि ६.५ अंक प्राप्त भएको छ । यस सूचकले पनि पछिल्लो समय ०.५ अंकको मात्रै बृद्धि गरेको छ । यसको भने आउँदो समिक्षामा ८ अंक पुराउने लक्ष्य राखेको छ ।
त्यस्तै अन्तिम सूचक न्यायीक प्रक्रियामा लैङ्गिक हिंसा प्रभावितहरुले सक्रियता पूर्वक आफ्नो भुमिका निर्वाह गर्ने गरेका छन् भन्नेमा ६.५ ले नै अंक बृद्धि गरेको पाईएको छ । यसले पहिलो समिक्षामा ६ अंक प्राप्त गरेका थिए भने ०.५ थप्न यस समिक्षामा सफल भएको छ । यसले पनि ८ अंक पुराउने लक्ष्य लिएको छ । यी अंकहरु उपसूचकका बिभिन्न शिर्षकहरु सम्बन्धि कामको कार्यन्वयनलाई हेरी प्रदान गरिएको हो ।
आईपासका कोशी प्रदेश संयोजक सरोज भुसालका अनुसार यी कार्यक्रमले लैगिक हिंसा सेवालाई सहज र प्रभावकारी बनाउने उदेश्य राखेको जनाए । लैङ्गिक बिभेदमा आधारित हिंसा रोकथाम प्रतिकार्य परियोजनाले निर्माण गरेको सूचक तथा योजनाहरुले समाजमा बिकरल रहेको लैङ्गिक हिंसा सेवालाई गुणस्तर र प्रभावकारी बनाउ यो कार्यक्रम संञ्चालन हुँदै आएको भुसालले जनाए । यस कार्यक्रम मार्फत अधिकारवाला र समुदायबीच अन्तर सम्वादको माध्यमबाट हिंसा न्युनिकरण गर्न सकिने जनाए ।
यस्तै युएनएफपिए उदयपुरका कार्यक्रम संयोजक राजकिशोर साफीले सूचकलाई कार्यन्वयन गर्नुनै कार्यक्रमको उदेश्य पुरा हुँदै जानु जनाए । लैङ्गिक हिंसाबारे प्रभावकारी सेवाले नै त्यसको अन्त्य गर्न सक्ने भन्दै कार्यक्रमले लिएको उदेश्यहरु बिस्तारै पुरा हुँदै जाने बताए । लैङ्गिक हिंसा न्युनिकरणका लागि नै यी आवश्यक सूचकहरु निर्माण गरिएको हो,” “यसको कार्यन्वयनको पाटो पनि सकरात्मक पाईयो”, साफीले भने ।
यस्तै ओसीएमसीकी सिनियर काउन्सिलर रन्जना ताजपुरियाले प्रहरी, सेफ हाउस, पालिका र ओसिएमसी लैङ्गिक हिंसाको क्षेत्रहरु काम गर्ने अधिकार संस्था रहेको जनाईन् । यी क्षेत्रहरुले नै प्रभावकारी सेवा प्रदान गर्न योजनाको कार्यन्वयनलाई ध्यान दिनु पर्ने जनाईन् । कार्यक्रममा मनो सामाजिक कार्यकर्ता, महिला स्वंयमसेविका, प्रहरी, नगरपालिका, समुदाय लगायतको उपस्थिति रहेको जनाईन् ।


