Monday, June 22News That Matters

उदयपुरमा पनि भोली बाट यातायात ठप्प हुने, बजारहरु १० देखि ३ बजे सम्म मात्र खोल्न पाईने

पूर्णपुष्टि, बैशाख १

भोली बाट सार्वजानिक वा निजि सवारी साधनहरु पूर्ण रुपले ठप्प हुने भएको छ ।

कोरोना संक्रमणको जोखिम बढे सँगै उदयपुरमा पनि यातायात ठप्प पार्न लागिएको हो । उदयपुर जिल्ला स्तरीय कोभिड १९ व्यवस्थापन समितिको बैठकले जिल्लाको लागि २५ गते सम्मलाई यस्तो निर्णय गरेको हो ।  निर्णयमा ३ पाँङ्ग्रे र ४ पाङ्ग्रे गाडीलाई ठप्प पार्ने र मोटर साईकलको हकमा भने १ जना मात्र सवार गर्न पाईने भएको छ ।

बजार व्यवसायलाई १० बजे देखि ३ बजे सम्म मात्र समय दिइएको छ । गाईघाट, कटारी, बेल्टार, रामपुर र मुर्कुची लगायतका बजारहरुलाई ३ बजे सम्म मात्र संञ्चालन गर्न पाइने निर्णयमा उल्लेख छ । गते बार तोकी संञ्चालन गरिने सबै प्रकारको हाट बजार भने पूर्ण रुपमा बन्द गरिने निर्णयमा उल्लेख छ ।

कोरोना भाईरसलाई मध्यनजर गर्दै गरिएको यस निर्णयले भोलिबाट गरिने बन्दमा सम्पूर्ण, उद्योग, कार्यालय, प्रतिष्ठान, बजार लगायतले त्यस्तो आपूर्ति तथा सेवालाई सहज बनाउनु पर्ने उल्लेख गरिएको छ । यसको हकमा बजार अनुगमन गर्ने, र कालोबजारी नियन्त्रण गर्ने बिषयमा जिल्ला प्रहरी कार्यालयले सम्बन्धित सरोकारवालाहरु सँग सँग समन्वय गरी बजार अनुगमन गर्ने जनाएको छ ।

सरकारी कार्यालय, संञ्चार क्षेत्र, बैँक तथा वित्तिय संस्था, अति आवश्यक सेवा प्रवाह गर्ने निकाय तथा सरकारी कर्मचारीहरुले पहिचान खुल्ने गरी कर्मचारी परिचयपत्र साथमा लिएर मात्र सवारी प्रयोग गर्न पाउने भएको छ ।