Monday, June 22News That Matters

१ नं. प्रदेशमा ११ पत्रकारलाई काेराेना पुष्टि

पूर्णपुष्टि, वैशाख १८

१ नं. प्रदेशमा दाेस्राे चरणकाे  काेराेना लहरमा ११ जना पत्रकारमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
नेपाल पत्रकार महासंघ, १ नं. प्रदेशका सचिव विवेक गाैतमका अनुसार पाँच जिल्लाका ११ पत्रकारमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । झापामा ४ जना, मोरङमा ३ जना, ओखलढुंगामा २ जना,  खोटाङमा १ जना र सुनसरीमा १ जना गरि ११ जना पत्रकारहरु संक्रमित भएका हुन् । महासंघले सबैकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गरेकाे छ । साथै सम्पूर्ण पत्रकारहरुलाई सचेत र सतर्कतापूर्वक काम गर्न अपिल गरिएकाे छ ।