
पूर्णपुष्टि, फागुन ४
एमसीसीको विरोधमा बिभिन्न साना पार्टीहरुले गरेको नेपाल बन्दले उदयपुरमा असर देखिएको छ । उदयपुरको गाईघाटमा सामान्य दुईपांग्रे सवारी र अत्यावश्यक सवारी बाहेक अन्य चल्न सकेको छैन् । बजार पसल, विद्यालयहरु सबै ठप्प छ । सवारीको आवतजावत ठप्प भए पछि यात्रुहरुलाई गन्तव्य सम्म पुग्नै मुस्कील भएको छ । बुधबार एमसीसी टेबुल हुँदै गर्दा यसले झन बन्दलाई प्रभाव बनाउँदै आएको हो ।

बन्द गराउनेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टीले संयुक्त बन्दको आह्वन गरेका थिए ।

