Friday, May 15News That Matters

मृगाैला पिडितलाई त्रिउवाकाे सहयाेग

पूर्णपुष्टि, फागुन ४ ।
बाेक्सेका मृगाैला पिडितलाई त्रियुगा उद्याेग वाणिज्य संघ गाईघाटले आर्थिक सहयाेग  गरेकाे छ ।
संघले त्रियुगा नगरपालिका १० बाेक्सेका दसबै मृगाैला बिग्रिएका कृष्णबहादुर मगरलाई आज सहयाेग गरेकाे हाे । संघले १७ हजार १५ रुपैया प्रदान गरेकाे हाे ।
संघका अध्यक्ष रमेश रसाईलीकाे नेतृत्वमा मगरकाे गाउँमै पुगेर संघकाे पदाधिकारी तथा सदस्यटाेलीले मगरकाे आफन्तलाई सहयाृग रकम प्रदान गरेकाे हाे । मगर उपचारकाे क्रममा काठमाडाै रहेका छन् ।