Sunday, May 3News That Matters

उदयपुरमा बसको ठक्करबाट घाईते युवाको मृत्यु

पूर्णपुष्टि, २८ फागुन ।
उदयपुरको त्रियुगा नगरपालिका ९ होक्सेमा बसले मोटरसाईकललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलमा सुर्यदय नगरपालिका ३ का प्रगति राईको मृत्यु भएको हो । सोमवार कटारीबाट गाईघाट आउँदै गरेको स १ ख ८१६ नम्वरको बसले बिपरिद दिसा तर्फ जाँदै गरेको प्रदेश १–०१–०१६ प ०४६७ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक राई गम्भीर घाईते भएका थिए । घाईते राईलाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बस चालक उदयपुरगढी गाउँपालिका ६ का ३० बषिय नारायण सुनुवार र दुवै सवारी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।