Friday, May 1News That Matters

विहानै दुर्घटना, माेटरसाईकल चालक गम्भीर घाईते

पूर्णपुष्टि, फागुन २८ ।

कटारीबाट धरानतर्फ जाँदै गरेकाे बस र माेटरसाईकल आज विहान ठाेक्किएर दुर्घटना भएकाे छ ।प्रदेश १ -०१ -०१६प  ४६७ नम्बरकाे माेटरसाईकल र  स १ ख ८१६ नम्बरकाे बसबीच ठक्कर खाएकाे हाे ।

मदनभण्डारी राजमार्गकाे नेपालटार-गाईघाट सडकखण्डकाे त्रियुगा नगरपालिका ७ कालिखाेला हाेक्सेमा दुर्घटना भएकाे हाे । प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा माेटरसाईकल चालक गम्भीर घाईते भएका छन् । उनकाे नाम, ठेगाना खुलिसकेकाे छैन । घाईतेलाई उपचारका लागि हस्पिटल लगिदैछ । माेटरसाईकल र बसमा क्षति पुगेकाे छ ।

प्रहरीले घटनाकाे पुष्टि गरेकाे छ । बिस्तृत विवरण आउन भने बाँकी रहेकाे जनाएकाे छ ।