Wednesday, April 22News That Matters

उदयपुरमा बैकिङ कसुर मुद्धाका फरार एक प्रतिवादी पक्राउ

पूर्णपुष्टि, जेठ ३० । उदयपुरमा बैकिङ कसुर मुद्धाका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वाग्लुङ साबिक दर्लिङ गा.बि.स वडा नं. ०३ घर भई काठमाण्डौ म.न.पा. वडा नं. १० बस्ने वर्ष ३६ को सागर न्यौपाने भन्ने बाबुराम उपाध्याय रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार विभिन्न पसलहरूमा गई सामान किन्ने बहानामा सुन लगायत बहुमूल्य सामानहरू किन्ने भनी थोरै रकम भुक्तानी गर्ने र बाँकी रकमको चेक दिई भोलि नै साटिन्छ भनी रकम नभएको चेक दिई फरार हुने गरेका थिए ।

यस्तै प्रकृतिका कार्य गरी फरार हुँदै आएका उपाध्याय सोमबार गाईघाट बजारमा फेला पारी नियन्त्रणमा लिईएको डिएसपी चापागाईले बताए । पक्राउ गरेका उपाध्यायलाई आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय भोजपुर पठाइएको प्रहरीले जनाएको छ । यस प्रकारका अपराधिक कार्यविधि प्रयोग गरी ठगी गर्न सक्ने भएकोले सम्पूर्ण सुनचाँदी व्यवसायी तथा अन्य व्यापार व्यवसायमा आबद्ध मानुभावहरुलाई सचेत हुन समेत जिल्ला प्रहरी कार्यालय उदयपुरले अनुरोध गरेको छ ।