Thursday, April 23News That Matters

उदयपुरमा भन्सार छलीको सामान सहित मिनी ट्रक चालक पक्राउ

पूर्णपुष्टि, भदौ ९ । उदयपुरको कटारी नगरपालिका–१ बेलस्रोत चौकस्थित सिद्धिचरण लोकमार्गमा अवैध भन्सार छलीको समान सहित मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साढेँ ४ बजेको समयमा प्रहरी चौकी बेल्सोतबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा मिर्चैयाबाट घुर्मीतर्फ जादै गरेको बा ३ ख ३९६ नं. को मिनि ट्रकबाट २४५ काटुन अन्दाजी मुल्य ३ लख १७ हजार ५ सय २० रुपैँया बिना बिलको ईण्डियन डिउ नियन्त्रणमा लिएको हो ।

भन्सार छलीको सामान बरामद भएसँगै सवारी चालक सिन्धुली फिक्कल गाँउपालिका–५ बस्ने २९ बर्षीय भेषनाथ लुईटेललाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । भन्सार छलीको समान, सवारी साधन र चालक लुईटेललाई अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागि खैरटोका माडर भन्सार कार्यालय सिरहा पठाइएको छ प्रहरीले जनाएको छ ।