
पूर्णपुष्टि, बैशाख ३१
उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा दुईवटा वडामा गठबन्धनको जीत भएको छ । पालिकाको वडा नं। ४ र ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवारहरुले विजय हाँसिल गरेका हुन् । उदयपुरको मतगणनाको पहिलो जीत परिणाम लिम्चुङबुङबाट सुरु भएको हो ।
वडा नं। ४ को वडाध्यक्षमा क्षत्र राई विजयी भएका छन् । जनता समाजवादी पार्टीका उनी वडामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसंग गठबन्धन गरी उठेका थिए । उनी जसपाको जिल्लाकै पहिलो विजयी उम्मेदवार पनि भएका छन् । उनले वडामा खसेको ९८७ मत मध्ये ४२८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं। ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्ष उम्मेदवार नेपाली कांग्रेसका कविचन्द्र राई (बसन्त) विजयी भएका छन् । उनले वडामा खसेको ८५५ मत मध्ये ३०४ मत प्राप्त गरेर विजयी हाँसिल गरेका हुन् । जम्मा पाँचवटा वडा रहेको सो पालिकामा पालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनकै अग्रता रहेको छ ।
