Tuesday, June 30News That Matters

उदयपुरमा माछा मार्ने क्रममा पानीमा डुबी राईको मृत्यु

पूर्णपुष्टि, भदौ ३ गते ।
उदयपुरमा माछा मार्ने क्रममा पानीमा डुबी एक युवकको ज्यान गएको छ । जिल्लाको ताप्लि गाउँपालिका–१ मादलेका ३५ वर्षीय नगेनद्र राईको यारी खोलामा माछा मार्ने क्रममा ज्यान गएको हो ।
राई बुधबार खोलामा जाल हाली माछा मार्न गएकोमा विहिबार बिहान दहमा डुबी मृत अवस्थामा फेला परेको सुचना प्राप्त हुनासाथ घटना स्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी अधिकृतको टोली पुगेको थियो । मृतक राईको शवलाई पोष्टमार्टमको लागि कटारी अस्पताल पठाईएको र अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक मोहन थापाले बताए ।

यसैगरी, हिजो दिउँसो १ बजे मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का बल बहादुर दर्जीको ८ बर्षीय छोरा अन्जान दर्जीको खोलामा डुबी मृत्यु भएको छ । दर्जी साथीहरुसंग गोही खोलामा पौडी खेल्ने क्रममा पानीमा डुवेको अवस्थामा स्थानियले फेला पारी उपचारको लागि मोरङ अस्पताल पथरी लगेकोमा अस्पताल पु¥याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको छ ।