
पूर्णपुष्टि, भदौ २ गते ।
ओखलढुंगामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरी बतात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका–३ बस्ने ५१ वर्षीय बाल कुमार दर्जीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
दर्जीले ती किशोरीलाई गत साउन २६ गते बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
