पूर्णपुष्टि, पुष २८
उदयपुरमा दुई मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुदा दुई जना घाइते भएका छन् । जिल्लाको बेलका नगरपालिकास्थित रामपुर बजारमा दुर्घटना हुदा २१ वर्षीय रुपेश राई र ३१ वर्षीय लोकेन्द्र राई घाइते भएका हुन् ।
दुबैलाई उपचारका लागि तत्काल सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपातर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता (डीएसपी) बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
पूर्वबाट पश्चिम दिशातिर जाँदै गरेको को. १ प. ८४९ नम्बरको मोटरसाईकल र प्र.१ –०२–०४१ प १००७ नम्बरको मोटरसाईकल आपसमा ठोक्किदा दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
१००७ नम्बरको मोटरसाईकल चालक लोकेन्द्रको टाउँको र अनुहारमा चोट लागेकाले अवस्था गम्भीर रहेको बताइएको छ । त्यस्तै अर्को मोटरसाईकल चालक रुपेशको भने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको दुबै मोटरसाईकल अहिले बेलकास्थित इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाले नियन्त्रणमा रहेको छ । घटना आज (बुधबार) बिहान करिब १० बजेतिर भएको स्थानीयले बताएका छन् ।