Thursday, June 25News That Matters

थाकसको निर्णय अनुसार उदयपुरमा माघी महोत्सव स्थिगित

पूर्णपुष्टि, पुष २८
कोरोनाको जोखिम बढेसँगै थारु कल्याणकारिणी सभा उदयपुरले तेस्रो माघी महोत्सव स्थगित गर्ने निर्णय गरेको छ । आज (बुधवार) थाकसले गरेको निर्णयअनुसार थारु समुदायले धार्मीक तथा सांस्कृतिक महोत्सवको रुपमा मनाउदैँ आएको माघी पर्व यो वर्ष कोभिडको कारणले स्थिगित गरेको हो ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले जारी गरेको पुष २७ गतेको सूचना अनुरुप कोरोनाले गर्दा जनस्वास्थ्यमा पर्न गएको प्रतिकुल असरलाई मध्यनजर गर्दै मेला महोत्सव गर्न रोक लगाएको हुदाँ तेस्रो माघी महोत्सव स्थिगित गरिएको थाकस उदयपुरका सभापती शिवकान्त चौधरीले बताउनुभयो ।