Sunday, May 31News That Matters

प्रदेश नं १ फोनिजको उपाध्यक्षमा उदयपुरका दुई पत्रकार राई र समाल निर्वाचित

पूर्णपुष्टि, पुष २९
प्रदेश नं १ को आदिवासी जनजाति पत्रकार माहासंघ (फोनिज) को उपाध्यक्षमा उदयपुरका दुई पत्रकार निर्वाचित भएको छ । फोनिजको ऐतिहाँसिक दोस्रो अधिवेशनमा उदयपुर बाट राजेन्द्र राई र महिला उपाध्यक्षमा अप्सरा समाल निर्वाचित भएको हो ।

अधिवेशन मोरङ स्थित पथरीमा २६ गते बाट सुरु भएको थियो । सोहि त्रलममा गढी खवर दैनिका प्रकाशक राजेन्द्र राई र रेडियो उदयपुरकी स्टेसन म्यानेजर अप्सरा समाल मगर उपाध्यक्षमा निर्वाचित भएको हो । अधिवेशनले सन्तवीर लामाको अध्यक्षतामा उपाध्यक्ष राजेन्द्र दुष्ट, महिला उपाध्यक्ष अप्सरा समाल, महासचिबमा सुशान रुङमाहाङ राई, सचिबमा सन्देश सुब्बा र प्रदिप चौधरी, कोषाध्यक्ष प्रेम देवान सहितको पदाधिकारी चयन गरेको छ ।