
पूर्णपुष्टि, साउन १० । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ रातमाटे डाँडास्थितमा मोटरसाईकल दुर्घटना हुँदा तिन जना घाईते भएकाम छन् ।
गएराती साढेँ ७ बजेको समयमा मदनभण्डारी राजमार्ग अन्तर्गत बसाहादेखी बेल्टार तर्फ आउँदै गरेको मे २ ख ६५२२ नं. को मोटरसाईकल दुर्घटना हुँदा चालक मिन गिरी पछाडी सवार २५ बर्षीया रोजिना रोका र १७ बर्षीया भावना रम्तेल घाईते भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार चालक गिरी नगर अस्पतालमा सामान्य उपचार पश्चात घर फर्किएका छन् भने पछारी सवार दुबै युवतीको धरानस्थित घोपा क्याम्पमा उपचार भईरहेको छ । सो क्षेत्रमा अहिले सडकको कालोपत्रे चर्किन्दै गएपछि सडक मर्मतको काम भइरहेको छ ।
