Tuesday, June 9News That Matters

भुकम्पमा चार गम्भिर घाइते, एकलाइ घरभित्रबाट र अर्काेलाइ चारतल्लाबाट उद्धार गरियाे, मेयर र सिडियाेबाट बलियो घर, संरचना निर्माणको आह्वान

पूर्णपुष्टि, माघ २

उदयपुरमा २३ औँ भुकम्प सुरक्षा दिवस शुक्रबार मनाइएको छ । बिगतका भुकम्प र त्यसको क्षती असरहरुलाई स्मरण गर्दै अब आउने दिनमा यसबाट कसरी सुरक्षीत हुन सकिन्छ भन्ने सचेतना कार्यक्रम सहित गाईघाटको त्रियुगा माविमा दिवस सम्पन्न भएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति उदयपुरले आयोजना गरेको सो दिवसमा भकम्पले ग्रस्त भएकाहरुलाई  कसरी उद्धार गर्ने भन्ने अभ्यास सहित दिवस मनाइएको हाे । कार्यक्रममा सशस्त्र प्रहरीकाे तालिम प्राप्त उद्धारटाेलीले भुकम्पमा परेर घाइते भएका, घरभित्र फसेका र अग्लाेघरमाथि फसेकालाइ कसरी उद्धार गर्ने तरीकाका उदाहरण प्रस्तुत गरेका थिए । डेमाे प्रस्तुतीमा भुकम्पबाट चार घाइते मध्ये एकलाइ घरभित्रबाट र एकजनालाइ चारतल्लामाथिबाट उद्धार गरिएकाे देखाइएकाे  थियाे । हेर्दा साँच्चीकै झै लाग्ने प्रस्तुतीले कार्यक्रमका सहभागीहरूलाइ भुकम्पप्रति सचेतना जगाउनुका साथै उद्धारकाे तरिका बारे जानकारी मिलेकाे थियाे । नेपाली सेना र नेपाल प्रहरीसमेतमा सहभागितामा उद्धारकाे उदाहरण प्रस्तुत भएकाे हाे । खासगरी विपदमा यिनै तीन सुरक्षाा निकाय खट्ने गर्दछन् भने रेडक्रस साेसाइटीले विशेष भुमिका खेल्ने गरेकाे छ । उद्धार सामग्री, जनशक्ती, प्राथमिक उपचार तथा एम्बुलेन्सबाट विरामीलाइ अस्पतालसम्म लैजाने जस्ता काममा सघाउ परयाउने गरेकाे छ । जुन कुरा त्यहाँ पनि देखाइएकाे  थियाे । जिल्ला विपद् व्यवस्थापन समितिले उदयपुरमा पहिलाेपटक यस किसिमकाे सिर्जनशिल कार्यक्रम गरेकाे हाे ।

नेपालमा भौतिक संरचनाहरुका कारण भुकम्प आउँदा बढी धनजनको क्षेती हुने र त्यसलाई बिधिगत तरिकाले तत्काल उद्धार गर्न नसक्दा बढी मानिसहरु भुकम्पबाट मर्ने अवस्थालाई मध्यनजर गर्दै कम धनजनको क्षती हुने गरी चेतना फैलाउन उद्धार अभ्यास तथा (सिमुलेशन डेमो) समेत प्रस्तुत गरिएकाे हाे ।

सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय सुनसरी र सशस्त्र प्रहरी बल नेपाल नं ५ गण हेक्वा उदयपुरको संयुक्त प्रस्तुतीमा भुकम्पबाट क्षेती ग्रस्त व्यक्तिहरुलाई कसरी उद्धार गर्ने भन्ने सम्बन्धि उत्कृष्ट उद्धार अभ्यास समेत गरिएको थियो ।

उद्धार अभ्यासमा ठुला तथा साना संरचना र भवनमा घाईते भएकाहरुलाई उद्धारको माध्यमबाट बचाउन शसस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र रेडक्रस सोसाईटी लगायतले कसरी आफ्नो भुमिका निर्वाह गर्ने भन्ने बारे चेतना मुलक अभ्यास गरिएको छ । घाईते व्यक्तिहरुलाई तत्काल उद्धार गर्न सुरक्षा निकायहरुले नआत्तिन सल्लाह दिँदै संरचनाले थिचिएको घाईते कुन अवस्थामा छ भन्ने पक्ता लगाउने र उद्धार गर्ने अभ्यास गरिएकाे थियाे । सामाग्रीहरु प्रयोग गरी प्राथामिक स्वास्थ्य उपचारपछि ठुला हस्पिटलसम्म पुराएर उपचारपछि बिरामी बचाउने अभ्यास गरिएको थियो ।

अभ्यास कार्यक्रममा साना भवन र ठुलो भवनमा रहेका घाईतेहरुलाई उद्धार गर्ने बिधि देखाइएको छ । करिब ४ तलाको भवनमा रहेको घाईतेहरुलाई संरचना ध्वस्त हुँदा भर्याङ वा कुनै पनि तला भत्केर सुरक्षीत स्थानबाट उद्धार गर्न नसक्ने अवस्थामा डोरीको तुईनबाट घाईतेलाई सहज ठाउँमासम्म ल्याउने बिधि देखिइएकाे थियाे ।

कार्यक्रममा त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीले अभ्यास कार्यक्रममले धेरै मानिसहरुलाई भुकम्पबाट सचेत गराउने सन्देश प्रवाह भएकाे बताउनुभयाे । मेयर चौधरीले विपदकाे बेला मात्र आत्तिने र बँच्नका लागि भने कुनै सुरक्षाको बिधि नअपनाउने अवस्थाले भुकम्पले बढी क्षती पुराएको बताउनुभयो । उहाँले हामि आफैले बनाएको संरचनाको आफै सिकार भईरहेको बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी र सरकारले अनुरोध गरेको मापदण्ड अनुरुपको घर बनाउन अटेर गर्दा बढी धनजनको क्षती निम्त्याई रहेको मेयर चौधरीले बताउनुभयो । नेपालमा प्रविधिमय घरहरुको अभावकै कारण भुकम्पको सिकार भईरहेको उहाँले बताउनुभयो ।

यसैगरी जिल्ला बिपद् व्यवस्थापन समिति उदयपुरका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बर्षेनी मनाईने भुकम्प सुरक्षा दिवसको एक मात्रै उदेश्य भनेको आउने दिनमा भुकम्पबाट सुरक्षित हुन नै रहेको बताउनुभयो ।

उहाँले बिगतमा भुकम्पले पुरयाएको क्षतीलाई स्मरण गर्दै अब आउने बिपदमा भने त्यो स्थिति नहोस् भन्नका लागि भुकम्प सुरक्षा दिवस मनाइएको बताउनुभयो ।

आउने दिनहरुमा भकम्पीय धनजनको क्षतीलाई कम गर्न र क्षती ग्रस्त ब्यक्तिहरुलाई समेत सहज उद्धार गर्न उद्धार अभ्यासले समेत ठुलो चेतना फैलाउने अधिकारी पाण्डेले बताउनुभयो । 

देशव्यापी रुपमा माघ २ गते मनाईने भुकम्प दिवस उदयपुरमा पनि बिभिन्न सचेतना कार्यक्रम र र्याली गरी मनाईयो । सुरक्षा निकायका सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाईटी, संघ संस्था, सामाजिक अभियान्ता, संञ्चारकर्मी, नागरिककर्मी, स्थानीय सरकार, विद्यार्थी लगायतको संयुक्त उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमलाई त्रियुगा नगरपालिकाले सम्वन्वय र नेपाल रेडक्रस सोसाईटीले सहयोग गरेकाे हाे । बोक्सेबाट र्याली बजार परिक्रमा गर्दै त्रियुगा माविमा कार्यक्रम समापन गरिएको थियो ।

फोटो फिचर