
पूर्णपुष्टि,माघ २
झापाको बुद्धशान्ति गाउँपालिका–३ बाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । स्थानीय ४१ बर्षीय दिनेश कुमा र ४३ बर्षीय शेषराज सापकोटालाई लागुऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टावाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले दिनेश कुमालाई ४ ग्राम लागूऔषध ब्राउनसुगर र नगद ४ हजार साथै सापकोटालाई १० ग्राम ब्राउनसुगर, कोडिन ३ बोतल,नाईट्रोजन २० चक्की,डिजिटल तराजु–१ थान र मोवाईल–२ थान बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
