
पुर्णपुष्टि, बैशाख १३ । उदयपुरमा एक युवकलाई ठक्कर दिएर फरार रहेको स्कारपियो गाडी सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका–७ बस्ने ३९ बर्षीय दुर्गा प्रसाद सिग्देल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार गत शुत्रबार बिहान ३:४५ बजेको समयमा त्रियुगा नगरपालिका–९ माथाने टोल स्थित मदन भण्डारी राजमार्गमा सोही वडाका २५ बर्षीय वबित दनुवारलाई स्कारपियोले ठक्कर दिएर फरार भएको थियो ।
ठक्करबाट गम्भिर घाईते भएका दनुवारको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो । फरार रहेको सवारी खोजतलास तथा अनुसन्धान गर्ने क्रममा को१च९५१६ नं. को स्कोरपियो रहेको खुल्न आएपछि सवारी सहित चालकलाई पक्राउ गरिएको डिएसपी चापागाईले बताए ।
