
पुर्णपुष्टि, बैशाख १३ । भोजपुरमा कर्तब्य ज्यान मुद्धामा फरार रहेको एक आरोपीलाई प्रहरीले १७ बर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक भैसिपंखा गाबिस र हाल भोजपुर नगरपालिका–१० का ६० बर्षीय चन्द्र बहादुर तामाङ रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार २०६३ साल कार्तिक १४ गते तामाङको छिमेकी निमा दावा शेर्पा तामाङको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको थियो । तामाङलाई खोजतलास गर्ने क्रममा घटना भएको १७ बर्ष पछी २०८१ साल बैशाख ११ गते सुनसरीको धरानबाट प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त घटनाका अर्का आरोपित स्थानीय बाल कुमार तामाङ हालसम्म फरार रहेको साथै खोजतलास भईरहेको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
