Thursday, April 23News That Matters

महोत्सवमा सहभागी उद्यमी र व्यवसायीहरुसँग उर्जा सम्बन्धि अन्तक्रिया

पूर्णपुष्टि, बैशाख १३ । कोशी प्रदेश स्तरीय तेस्रो बृहत औद्योगिक महोत्सव तथा रैथाने खान प्रदर्शनीमा सहभागि उद्यमी, व्यवसायीहरुसँग उर्जा सम्बन्धि अन्तक्रिया गरिएको छ ।

महोत्सवको दोस्रो दिन नविकरणीय उर्जा तथा वैकल्पिक प्रवर्धन केन्द्र बिराटनगरबाट आएका प्राविधिक टोली र उद्यमी र व्यावसायीबिच अन्तक्रिया भएको हो । नविकरणीय उर्जा तथा वैकल्पिक प्रवर्धन केन्द्र बिराटनगरका सल्लाहकार शिव कार्कीले उर्जाको महत्व, यसको व्यावसाय, रोजगारी र आम्दानीसँग कसरी जोड्ने सकिन्छ भन्ने बारेमा सहभागीहरुलाई जानकारी गराएको छ ।

वैकल्पिक उर्जाले नविकरणीय उर्जामा आधारित व्यवसायलाई प्रवद्र्धन गर्न नविकरणीय उर्जा, दक्षता तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको बताए । यस कार्यक्रम अन्तर्गत नेपालमा २३ सय साना घरेलु उद्योग स्थापना गरेको उनले बताए । परम्परागत सिपमा आधारीत व्यावसायलाई वैकल्पिक उर्जाले प्रवद्र्धन गर्न राम्रो सहयोग पु¥याएको पनि कार्कीले बताए । हातले बनाउने सामान भन्दा मेसिनले बनाएको सामानको गुणस्तर राम्रो हुने बताउँदै उत्पादनको हिसाबले छिटो छरितो र थौरे लागतमा धेरै सामान उत्पादन गर्न सक्ने भएकोले मिसिन नै प्रयोग गर्नु पर्छ भन्ने यस कार्यक्रमको उदेश्य रहेको बताए ।

ढिकी, जातो, हाते मिल, डिजल मिलहरु विस्थापित गरेर उर्जा वा विजुलीबाट चल्ने मेसिनको प्रयोग र गाउँ अथवा दुर्गम क्षेत्रमा बसेका बस्तीहरुमा सानातिना मिल बनाउन, दुधलाई चिस्याउन, बेकरी उद्योगमा मेसिनहरु अथवा पाउरोटी बनाउन बिजुलीबाट चल्ने मेसिनहरु प्रवद्र्धन गर्नका लागी वैकल्पिक उर्जाले अनुदानको व्यवस्था गरेको समेत बताए । स्थानिय स्तरमा नविकरणीय उर्जा र वैकल्पिक उर्जाबाट आम्दानी र रोजगारलाई सिर्जना गर्नको लागी हरेक वर्ष सरकारले शसक्त अनुदानको रुपमा बजेट विनियोजन गर्ने र स्थानिय तहहरुले आफ्नो क्षेत्रका व्यवसायी र रोजगारी सिर्जना गर्नका लागी उर्जालाई खपत गर्ने उद्योग व्यावसायहरुलाइ अनुदान दिने गरेको बताए ।

घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका अध्यक्ष मधुकर थापाले उद्यमी व्यावसायीहरुसँग सिर्जनात्म र रचनात्मक कार्यक्रम अन्तर्गत नविकरणीय उर्जा सम्बन्धि अन्तक्रिया कार्यक्रम गरिएको बताए । उद्योगि व्यवसायीहरुले बैकल्पीक उर्जा तर्फ ध्यान पुराए समय अनुसार प्रविधिमय बन्दै जान सकिने र आम्दानीको दायरा बढाउन सकिने अध्यक्ष थापाले जनाए ।