Saturday, June 6News That Matters

उदयपुरमा राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना

पूर्णपुष्टि, माघ १७

उदयपुरमा राष्ट्रिय भूमि आयोगको कार्यालयको सोमवार उद्घाटन भएको छ । उदयपुरको सदरमुकाम गाईघाट स्थित जिल्ला समन्वय समितिको कार्यलय आयोगको कार्यालय स्थापना भएको हो । जिल्ला समन्वय समितिको भवनमा स्थापित कार्यलयको उदघाटन आयोगका केन्द्रीय अध्यक्ष केशव पौडेलले गर्नु भएको हो ।कार्यलय उदघाटन गर्दै आयोगका अध्यक्ष पौडेलले उदयपुरमा सुकुम्बासी समस्या समाधान , अव्यवस्थित बसोबास र पुराना अधुरो कार्यहरू सम्पन्न गर्दै छोटो समयमा लालपुर्जा वितरण गरेर इतिहास रच्ने दाबी गर्नुभयो । उहाँले माघभित्रै आयोगको खाली सदस्यहरूको पदपूर्ति गरिने दाबीसमेत गर्नु भएको छ । हिजोको आयोगले गरेका सम्पूर्ण कामको अपनत्व ग्रहण गर्ने बताउँदै लालपुर्जा वितरण गर्न ढिलाइ नगर्ने बताउनु भयो ।समितिमा जिल्लास्थित नापी , मालपोत र बन डिभिजनका सरकारी कार्यलयका प्रमुख पदेन सदस्य रहेको छ । आयोगका जिल्लास्थित कार्यलयको रूपमा यो पहिलो कार्यलय हो ।समितिले उदयपुरको ४ नगरपालिका र ४ गाउँपालिकामा रहेको करिब १५ हजार अव्यवस्थित बसोबास र भूमिहीन सुकुम्बासीहरूलाई जग्गाको स्वामित्व प्रदान गर्ने तयारी गरेको छ ।जिल्ला अध्यक्ष बलबहादुर तामाङले सुकुम्बासी समस्याको समाधान गर्न समिति कृयाशिल भइरहेको बताउनुभयो । कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले पुस्तौंदेखि भोग चलन गरेको जग्गाको स्वामित्व नपाएको गुनासो व्यक्त गर्दै एक दुई महिनामै लालपुर्जा वितरण गर्न आग्रह गर्नु भयो ।त्यसैगरी नेपाली काँग्रेसका भीमचन्द्र राईले आयोगको निरन्तरता दिन अनुरोध गर्नुभयो ।माओवादी केन्द्रका रूद्र अधिकारी वरिष्ठ पत्रकार कौशल चेम्जोङ, प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले शुभकामना मन्तव्य राखेका थिए । भुमाफियाहरूले चलखेल गरेको जिल्ला , ४२ वटा भुमि अधिकार मञ्च क्रियाशील छ ।