
पूर्णपुष्टि,फागुन १५ । नेपाल कम्युनिष्ट पार्टी उदयपुर र माओवादी मजदुर पार्टीले संयुक्त रुपमा उदयपुरको गाईघाटमा विरोध जुलुस प्रदर्शन गरेको छ । सोमबार दिउँसो सदरमुकाम गाईघाटमा बढ्दो महङ्गी, भ्रष्टाचार, चर्को व्याजदर, लघुवित्तको ज्यादती र तुलसी सहकारीको ठगी भएको भन्दै विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शन र्यालीमा विप्लव जिल्ला इन्चाज अमृत खड्का, जिल्ला सेक्रेटरी जीत बहादुर मगर, महा–सचिव हिमाल सिंङ राई, प्रवक्ता जगत कटुवाल र केन्द्रिय सदस्य प्रदिप फुयल लगायतका कार्यत्रकर्ताहरुको सहभागित रहेको थियो । प्रदर्शन पछि आयोजित कोणसभामा नेताहरुले बैंक, सहकारी लघुवित्तको चर्को ब्याज र मिटरब्याजीको ज्याद्दतीको चर्को विरोध गरेका थिए ।
प्रदर्शनमा गाईघाट तुलसी सहकारी संस्थाले जन्ताको बचत फिर्ता गर, वेवारि व्यावसायलाई राहत दे, चर्को ब्याजदर छानबिन गरी १ प्रतिशतमा कायम गर, बैंकहरुको चर्को ब्याजस्याच ज्याद्ती शोषण बन्द गर मिटर ब्याजको अन्त्य गर, माओवादी मजदुर पार्टी जिन्दावाद र एकिकृत जनक्रान्ति जिन्दावाद भन्ने नाराहरु रहेको थियो ।
विरोध प्रदर्शनमा निस्कीएको र्याली गाईघाट बजार परिक्रमा गर्देँ पिपल चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।
