Thursday, June 4News That Matters

उदयपुरका लागि कति आयो मत पत्र ?

पूर्णपुष्टि, बैशाख १९
उदयपुरमा सोमवार स्थानीय चुनावको मत पत्र आईपुगेको छ । उदयपुरका लागि २ लाख ४६ हजार मतपत्र उदयपुर आईपुगेको जिल्ला निर्वाचन कार्यालय उदयपुले जनाएको छ । ती मत पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय बोक्सेमा राखिएको छ । जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाका अनुसार निर्वाचनका लागि आवश्यक करिब एक सय प्रकारको सामाग्री उदयपुर आईपुगेको जनाए ।

हरेक मतदानस्थल र केन्द्रका लागि आवश्यक सामाग्री छुट्याउने काम भईरहेको अधिकारी कोईरालाले जनाए । उदयपुरमा २ लाख तेईस हजार एक सय अड्तीस जना मददाता छन् भने ९८ मतदान स्थल र २५८ मतदान केन्द्र रहेका छन् ।