Sunday, May 17News That Matters

उदयपुरमा लागुऔषधसहित एक युवक पक्राउ

पूर्णपुष्टि, साउन ८ 

उदयपुरको बेलका नगरपालिका–८ हाक्तीसुडेबाट लागुऔषधसहित एक युवकलाई आज प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरबाट खटिएको प्रहरी टोलीले सुनसरी बराहाक्षेत्र नगरपालिका–६ चकरघट्टी बस्ने २९ वर्षीय बलराम यादवलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा यादवको साथबाट १ केजी गाँजा बरामद भएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।