Sunday, May 17News That Matters

उदयपुरमा थप ३१ जना संक्रमण पुष्टि, संक्रमिको संख्या २,७६४ जना पुग्यो

पूर्णपुष्टि, साउन ८ 

निषेधाज्ञा खुकुलो भएसंगै उदयपुरमा कोरोना संक्रमणदर केही दिन यता पुन बढ्न थालेको छ । आज (शुक्रबार) थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १८ पुरुष र १३ महिला गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ७६४ जना पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आज त्रियुगा र बेलका नगरपालिकामा संक्रमण पुष्टि भएको छ । त्रियुगामा ११ पुरुष र १० महिला गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बेलकामा ७ पुरुष र ३ महिला गरी १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा आज थप १९ जनाले कोरोना जितेर घर फर्किए सँगै कोरोना मुक्त हुनेको संख्या १ हजार ३३४ पुरुष र १ हजार १५६ महिला गरी २ हजार ४९० जना पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १२५ पुरुष र ९७ महिला गरी २२२ जना रहेका छन् । जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३६ पुरुष र १६ महिला गरी ५२ जना पुगेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।