Friday, May 1News That Matters

उदयपुरमा लागुऔषधसहित दुई युवक पक्राउ

पूर्णपुष्टि, साउन २२ । उदयपुरमा प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा त्रियुगा नगरपालिका वडा नं. ४ बगाहा बस्ने ३१ बर्षीय बिबेक थापा र ३२ बर्षीय किरण अधिकारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी राजन चापागाईका अनुसार आइतबार त्रियुगा नगरपालिका–६ लालपत्तामा सवारी साधन चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। निजहरु सवार भएको बा ७३ प ५२१९ नम्बरको R15 मोटरसाइकललाई रोकी चेकजाँच गर्दा एयर फिल्टरमा लुकाई छिपाई राखेको ७५ एम्पुल प्रतिबन्धित लागुऔषध बरामद भएसँगै चालक थापा र पछाडी सवार अधिकारीलाई नियन्त्रणमा लिईएको डिएसपी चापागाईले बताए । बरामद भएका लागुऔषधमा फेनारगन २५, बुप्रेनोर्फिन २५ र डाइजेपाम २५ एम्पुल रहेका छन्। पक्राउ परेका उनिहरुको सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।