Friday, May 1News That Matters

उदयपुरमा २०१ एम्पुल लागुऔषधसहित दुई युवक पक्राउ

पूर्णपुष्टि, साउन २२ । उदयपुरमा लागुऔषध सहित २ युवकलाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा त्रियुगा नगरपालिका-११ का २७ वर्षीय चन्द्र बहादुर खत्री र त्रियुगा नगरपालिका-१० बोक्सेका २३ वर्षीय दिप मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक राजन चापागाईका अनुसार  जिप्रका बाट खटिएको टोलीले आइतबार त्रियुगा नगरपालिका वडा नं. ११ चप्पनबाट २०१ एम्पुल प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो।  मोटरसाइकलमा लागुऔषध ल्याउँदै गरेको विशेष सूचनाको आधारमा त्रियुगा नगरपालिका-६ जलजलेमा सवारी साधन रोकी चेकजाँच गर्न खोज्दा आरोपीहरूले प्रहरी जवान दिपक राईलाई ठक्कर दिई भागेका थिए। त्यसपछि प्रहरीले पछ्याउँदै गई उनीहरूलाई चप्पनबाट पक्राउ गरिएको डिएसपी चपागाईले बताए ।

पक्राउ परेकाहरूबाट फेनारगन ६७, बुप्रेनोर्फिन ६७, र डाइजेपाम ६७ एम्पुल गरी कुल २०१ एम्पुल प्रतिबन्धित लागुऔषध बरामद गरिएको छ। साथै, दुईवटा मोबाइल फोन र प्र १-०५-००१ प १०५९ FZ (V2) नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ। प्रहरीले यस घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।