
पूर्णपुष्टि,पुष १०
उदयपुरमा लागुऔषधसहित १ युवा पक्राउ परेको छ । त्रियुगा नगरपालिका–११ बस्ने बर्ष २४ को बिनोद चौधरीलाई विहिबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्लामा हुने अबैध लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलिले चौधरीको साथबाट नोर्फिन–१९ एम्पुल,डाईजेपाम–१९ एम्पुल,लुपिजेसिक–१९ एम्पुल गरी जम्मा ५७ एम्पुल, ३ थान सिरिन्च, १ प्याकेट चुरोट समेत बरामत गरेको छ ।
पक्राउ परेको चौधरी माथि जिल्ला प्रहरी कार्यालय उदयपुरले थप अनुसन्धान गरिरहेको छ ।
