
पूर्णपुष्टि, पुस १० ।
प्रधानमन्त्री केपी ओलीको संसद विघटन कदमको विरोध गर्दै आज पनि उदयपुरको सदरमुकाम गाईघाटमा पुत्लादोहनसहित जुलुस प्रदर्शन भयो ।
जनता समाजबादी पार्टी नेपाल, उदयपुरले प्रधानमन्त्रीकाे प्रत्लादाेहनसहित प्रदर्शन गरेको हो । दिउसो गाईघाटको पुरानो पेट्रोल पोम्प नजिकको पार्टी कार्यलयबाट पार्टिका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । संसद विघटनको विषयलाई लिएर बजारमा नारा जुलुससहित र्याली निकालि पुत्ला दहन गरेका थिए । जुलुसपछि पिपल चोकमा कोणसभा गर्दै प्रम ओलीले गलत कदम नसच्याए कडा आन्दोलन गरिने चेतावनी दिएका छन्।
