
पूर्णपुष्टि, साउन २५ । उदयपुरमा लागुऔषध मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका–३ चिरिया टप्पु बस्ने ६२ बर्षीय बुद्धिमान माझी रहेको जिल्ला प्रहरी कार्यालय उदयपरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार लागुऔषध मुद्धामा २०७७–१०–१७ गते जिल्ला अदालतले २ महिना २६ दिन कैद र २ हजार जरिवाना तोकेता पनि माझी हाल सम्म फरार रहेका थिए । फरार माझीलाई खोजतलास गर्ने क्रममा प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी सहायक निरिक्षकको टोलिले मंगलबार घरमा नै लुकिछिपि बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका माझीलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा ल्याई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
