Monday, May 4News That Matters

उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ 

पूर्णपुष्टि, साउन २५ ।  उदयपुरमा लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ मोतिगडा बस्ने १८ बर्षीय बिक्रम सदा र २१ बर्षीय कमल कुमार सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्रियुगा नगरपालिका–६ लालपत्ता स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले आईतबार अन्दाजी साढेँ १ बजे लहानबाट गाईघाटतर्फ आउँदै गरेको वीङ्गरमा सवार उनिहरुलाई शंकालागी चेकजाँच गर्नेक्रममा लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीले जानकारी दिए । उनका अनुसार डाईजोपाम १० एम्पुल, पेनार्गन १० एम्पुल र बुप्रिनोर्फिन १० एम्पुल गरी जम्मा ३० एम्पुल सहित उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई जिल्ला अदालतबाट ७ दिनको लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।