
पूर्णपुष्टि, असार १५ । उदयपुरमा लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका–६ स्थितबाट सिराहा लहानका २७ बर्षीय राज कुमार यादव शुक्रबार लागुऔषध सहित पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार जिप्रका र इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले यादवलाई डाइजेपाम, फेनारगन र आइपियल समेत गरी ४५ एम्पुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका यादवको सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
