Monday, April 20News That Matters

बन सम्बन्धि अध्यापन गर्ने साउनेका दुई विद्यार्थीलाई आर्थिक सहयोग

पूर्णपुष्टि, १४ असार ।
डिभिजन वन कार्यालय गाईघाटको अगुवामाई दुई जना वन सम्बन्धि अध्यापन गर्दै आएका विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । त्रियुगा नगरपालिका १४ का शिवसक्ति सामुदायी वन साउनेको सहयोगमा डिभिजन वन कार्यालयले सोही ठाउँका मित्र तामाङ र जिसन तामाङलाई आर्थिक सहयोग गरेको हो । उनिहरु बन सम्बन्धी खोटाङ स्थित माहुरेगढी बहु पाविधि शिक्षालयमा वन सम्बन्धि अध्यानरत छन् । बनको क्षेत्रमा पढ्ने विद्यार्थीहरुको संख्या बढाउन र यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी वनलाई संरक्षण गर्न प्रोत्सान स्वरुप उनिहरुलाई रु २५ हजारको दरले आर्थिक सहयोग गरेको हो । उनिहरुलाई कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले आर्थिक सहयोग प्रदान गरेको हो ।