Tuesday, March 3News That Matters

उदयपुरमा लागुऔषध सहित १ युवक पक्राउ

पूर्णपुष्टि, मंसिर १६ । उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ता स्थितमा लागुऔषध सहित १ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–७ भर्ले बस्ने २३ बर्षीय किरण नेपाली रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार दिउँसो ४ बजेको समयमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले नेपालीलाई लागुऔषध सहित पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट औपीडोल–८० ट्याव्लेट, डायजेपाम–२ एम्पुल र फेनारग–२ एम्पुल गरी ८० ट्याव्लेट र ६ एम्पुल बरामद गरेको हो । पक्राउ परेका उनलाइ जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।