Monday, May 4News That Matters

उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

पूर्णपुष्टि, असार २७ । उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ साकेला टोल बस्ने २१ बर्षीय शिव अधिकारी र त्रियुगा नगरपालिका ११ बुद्धचोक बस्ने २० बर्षीय सिताराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मंगलबार दिउँसो करिब साढेँ ३ बजेको समयमा त्रि.न.पा. ६ जलजले ढाट स्थित ईलाका प्रहरी कार्यालय जलजलेबाट चेकिङमा खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको बसमा सवार उनिहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

प्रहरीले उनिहरुको साथबाट डाईजोपाम २२ एम्पुल,फेनार्गन २२ एम्पुल,ब्रुपिनोर्फिन २२ एम्पुल गरी जम्मा ६६ एम्पुल लागुऔषध बरामद गरेको चौधरीले बताए । पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

उदयपुरमा लागुऔषध मुद्धाका एक फरार प्रतिवादी पक्राउ

उदयपुरमा लागुऔषध मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ६ जलजले बस्ने ३४ बर्षीय पुरन मगर रहेका छन् ।

जिल्ला अदालतले लागुऔषध मुद्धामा २०७९।०२।३१ गते गरेको फैसलाले १० दिन कैद सजाय तोकेतापनी हालसम्म फरार रहदैँ आएको मगरलाई मंगलबार साझँ ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको उदयपुरका प्रहरी नायब उपरिक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

त्रियुगा न.पा.६ जलजले नजिक निजकै घरवतमा लुकिछिपी हिडिरहेको अबस्थामा नियन्त्रणमा लिएको मगरलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई जिल्ला अदालतमा पठाउने तयारी भईरहेको चौधरीले बताए ।