Monday, May 4News That Matters

उदयपुर प्रहरीले सार्वजानिक गर्यो, सामाजिक संञ्जालबाट अर्बौँ ठगी गर्ने गिरोह

पूर्णपुष्टि, २७ असार ।
ईलाका प्रहरी कार्यालय कटारीले सामाजिक संञ्जालबाट ठगी गर्दै हिड्ने सात गिरोहलाई पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ परेका गिरोहहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा सार्वाजानिक गरिएको हो । ईप्रका कटारीका प्रहरी नायव उपरिक्षक ( डिएसपी ) रविन्द्र कार्कीका अनुसार फेसवुक, ह्वाटस्अप लगायत सामाजिक संञ्जालको माध्यमबाट ठगी गर्दै आएका एक इन्जीनियर सहित सात जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा भारतको उत्तराखण्ड राज्य जिल्ला पौडी गढवाल घर घई हाल झापा बिर्तामोड नगरपालिका वडा नं ५ इन्द्रटोल वस्ने ३६ बर्षिय प्रविन भट्ट, सप्तरी बिष्णुपुर गाउँपालिका २ सिम्राहाका २० बर्षिय रघुनन्दन साह, गुल्मी स्मा गाउँपालिका ५ का ३२ बर्षिय भुपाल बहादुर थापा, सप्तरी राजविराज नगरपालिका १ डुम्रीका २५ बर्षिय शनिचर साह, मोरङ बिराटनगर माहानगरपालिका वडा नं २० का ३७ बषिय राम चन्द्र साह, झापाको झापा गाउँपालिका १ बेलैतिवारीका ३१ ब्र्षिय बरजहान सेख र बारा कलैया उपमाहानगरपालिका वडा नं २० का २३ बर्षिय रुस्तम मन्सुरी रहेका छन् । उनिहरुले उपहार, पार्सल, हुण्डी तथा विदेशी बिनियम अन्तर्गत क्रिप्टो करेन्सीमा संलग्न भई एक अबै नौँ करोड ४२ हजार बरावर ठगी गरेको डिएसपी कार्कीले जनाए । उनिहरुले बिभिन्न व्यक्ति र संस्थागत बैँक खाता खोलेका थिए ।

यसरी पक्राउ परेका थिए गिरोह

उदयपुरको कटारी नगरपालिका वडा नं ४ की ३६ बर्षिया सरिता तमाङ गुडनेस इजरल नामको व्यक्तिले साथि बनाउँछ । तामाङलाई त्यस गुडनेस नामक आइडीले फेसवुक तथा म्यासेन्जर साथी बनाई कुराकानी अगाडी बढ्छ । उनिहरुको फेसवुक र ह्वाटसपबाट कुराकानी हुँदै जान्छ । कुराकानीकै क्रममा उक्त आईडीका व्यक्तिले सरितालाई ७० हजार अमेरीकी डलर र लकेज पठाएको भन्दै पठाएको सामान एयरपोर्ट रोकिएको सुनाउँछन् । सामान रोकीनको कारण भन्सारमा ट्याक्स बताउँछन् । ति सामान पाउनका लागि ट्याक्स बापतको एक लाख ३० हजार ६ सय तिर्नु पर्ने बताउँछन् ।

त्यस व्यक्तिले सरितालाई उक्त पैसा तत्काल पठाई सामान लिन अनुरोध गर्छ । ७० हजार डलरको लोभमा सरिताले सो बापतको रकम पनि पठाउँछीन । फेरी यति पैसाले पुगेन भैन्दै अर्को पटक थप पैसा पठाउनु पर्ने भन्दै सरितालाई पैसा पठाउँन अनुरोध गर्छ । यसरी पटक पटक पैसा पठाउनु भनेपछि आफु ठगिएको भन्ने बुझेर उनि इलाका प्रहरी कार्यालय कटारी पुग्छीन् । आफु ठगीमा परेको कुरा प्रहरीलाई बताउँदै त्यस उजुरी लगाएपछि सोही अनुसार प्रहरीले त्यस व्यक्तलाई खोजतलास गर्दै झापाबाट पक्राउ गर्छन् । डिएसपी कार्कीका अनुसार यी व्यक्तिहरुको ठुलो संञ्जाल रहेको जनाउँछन् । अर्बोँ ठगी गर्ने पक्ता लगाएपछि यी गिरोहहरुलाई हामिले गम्भीर तरिकाले अनुसन्धान गरिरहेको छौँ, उनले भने ।
पक्राउ परेपछि अुनसन्धान गर्दै जाने क्रममा बिभिन्न मितिमा सात जनालाई हाल सम्म प्रहरीले पक्राउ गरिसकेको अवस्था छ । यसै कार्यमा सँलग्न थप १० जना अझै फरार रहेको र तिनिहरुको पनि खोजी कार्य प्रहरीले अगाडी बढाएको जनाए । उनिरुहरु देश र विदेशमा लुकी छिपि वसिरहेको प्रहरीको भनाई छ । पक्राउ परेका सातै जनालाई ठगी सम्बन्धि मुद्धा दर्ता गरी अनुसन्धान गरिरहेको डिएसपी कार्कीले जनाए । उनिहरुलाई पटक पटक गरी ५२ दिन सम्म म्याद थप गरी अनुसन्धान गरिरहेको जनाए ।

इन्जीनियर आईटीकै मान्छे ठगिमा संलग्न

पक्राउ परेका केही गिरोहहरु इन्जीनियर र इन्जीनियर पढ्दै गरेकाहरु रहेको प्रहरीेले जनाएको छ । आईटी सम्बन्धी बिबिध ज्ञान भएकाहरुले नै मान्छेलाई फसाउने गरेको पाईएको प्रहरीको भनाई छ । उनिहरुले प्रत्येक व्यक्तिको खातामा रकम ट्रासफर गर्ने एउटामात्रै खातामा जम्मा नराख्ने गरेको खुलेको छ । प्रत्येक खातामा कमिसन खाँदै ट्रासफर गर्दै गर्ने गरेको पाईएको प्रहरीले पत्रकार सम्मेलनमा खुलाएको छ । उनिहरुले बिभिन्न आईडी कार्ड बनाउँदै पढेलेखेकै मानिसहरुलाई पनि जालोमा पार्दै आएको खुलेको छ ।

सचेत रहन नागरिकहरुलाई प्रहरीको आग्रह

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव निरिक्षक (एसपी) ज्ञानेन्द्र प्रसाद फुँयाँलले सामाजिक संञ्जाल प्रयोगकर्ताहरुलाई सजग रहन अनुरोध गरेको छ । पढेलेखेकै र जान्ने बुझ्ने मान्छेहरु समेत यस घटनामा सामेल भएको भन्दै जस्तो सुकै अवस्थामा पनि ठगीमा पर्न सकिने फुँयालले सुझाए । उनले कसैले पार्सल, चिठ्ठा परेको नाममा पैसा पठाईमागे यस प्रति सचेत हुन अनुरोध गरे । नचिनेको मान्छे सँग सामाजिक संञ्जालमा नजिक नहुन र उनिहरुले भनेको कुरामा विश्वास नगर्न समेत उनले सुझाएको छ ।