
पूर्णपुष्टि, माघ ४ । उदयपुरमा वन मुद्धाका १ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ बस्ने २८ बर्षीय मिथुन सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार अस्थाई प्रहरी चौकी बगाहाबाट खटिएको प्रहरी टोलीले सदालाई पक्राउ गरेको हो । वन सम्वन्धी कसुरमा ३ महिना कैद र २ हजार रुपैँया जरिबाना तोकिएका सदालाई पक्राउ गरी फैसला कार्यान्वयको लागी जिल्ला अदालत पठाईएको डिएसपी चौधरीले जनाए ।
