उदयपुरमा सर्वसहमत नेतृत्व छानिन्छ भन्ने बुझेको छु : एमाले नेता गौतम

पूर्णपुष्टि, पुष २३
नेकपा एमालेका नेता तथा थाई कमिटी सदस्य राजेन्द्र गौतमले उदयपुरमा सर्वसहमतले नै नेतृत्व चयन हुनेमा आफु ढुक्क रहेको जनाएको छ । गौतमले एमाले उदयपुरको आठौँ माहाधिवेशनको क्रममा चुनाव गरेर गलत अर्थमा जनताहरुलाई भ्रम नफैलाउन अनुरोध गर्दै नेतृत्व चयन सहमतिमै हुनेमा आफु ढुक्क रहेको जनाए ।

पावर सियरिङ हुँदा गलत अर्थ लाग्ने भन्दै यसलाई सबैको सहमतिले पदको जिम्मेवारी वाँडफाँड गरि नेतृत्व छान्न सबै पार्टी नेता तथा कार्यकर्ताहरुलाई सुझाव समेत नेता गौतमले दिए ।
उनले तलतल सम्मै पार्टीको जिम्मेवारी मिलाएर लगेमा अधिवेशन सफल हुने धारणाका साथ पावर सियरि हुँदा सबै साँडे साँडे हुने र गलत अर्थ लाग्ने कुरा सुझाए ।

अधिवेशनको खुल्ला सत्रको अन्तिम तिर बोल्दै गौतमले नेता तथा कार्यकर्ताहरुलाई फुर्काउने हिसावले सल्लाहा दिएर उदयपुरको नेतृत्व चयन सर्वसहमत हुने बुझेको जनाए । उनले चुनावले तलाई पख भन्ने अर्थमा पार्टी तथा अधिवेशनलाई लैजाने हुँदा यसमा सबै जिम्मेवारी पार्टीका कार्यकर्ता, प्रतिनिधि तथा नेताहरुले होसियार भई सर्वसहमत नेतृत्वको जिम्मेवारी वाँडफाँड गर्न समेत सल्लाह दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0