Tuesday, April 21News That Matters

उदयपुरमा सामुदायिक पुस्ताकलयहरुको प्रदेश स्तरिय सम्मेलन हुने

पूर्णपुष्टि, बैशाख ११ ।

उदयपुरको सदरमुकाम गाईघाटमा सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरुको कोशी प्रदेश स्तरिय दोस्रो सम्मेलन हुने भएको छ । “पढौँ, पढाऔँ निरन्तर शिक्षका लागी पुस्तकालाय जाऔँ, सवल समाजको आधार पुस्तकालयको विकास र बिस्तार एक स्थानिय तह एक नमुना पुस्तकालय हाम्रो अभियान” भन्ने मुल नाराका साथ संघगम पुस्तकालयले प्रदेश स्तरिय दोस्रो सम्मेलन गर्न लागेको हो ।

सम्मेलनलाई उदयपुर जिल्लाको आठ ओटै पालिकाहरुले सहयोग गरेको छ भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल सामुदायिक पुस्ताकालयल सघं काठमाण्डौँ, पुस्तकालय महासंघ कोशी प्रदेश बिराटनगर र रिड नेपाल लगायत सम्बन्धित संघ संस्थाहरुको समन्वय सहकार्यमा सम्मेलन हुन लागेको हो । संगम सामुदायिक पुस्तकालयका अध्यक्ष भरत खड्काले सम्मेलनको लागि भव्य तयारी भैरहेको जनाए । प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा सम्मेलन हुन लागेको अध्यक्ष खड्काले जनाए ।