
पूर्णपुष्टि, ११ बैशाख ।
उदयपुरकै धार्मिक तथा प्रमुख पर्यटकीय स्थल रौता पोखरीका लागि छोटो दुरी मानिने बेल्दोभान जाँतेको सडकमा पक्की पुल निर्माण हुने भएको छ । उक्त पुल निर्माणका लागि मंगलबार नाँपजाँच भएको छ । गाईघाट देखी बाबारी, बेल्दोभान, जाँते, सिद्रे हुँदै डहर जोडिने सडक रौताका लागि अत्यादिक छोटो दुरीमा पर्ने सडक हो । रौताका लागि एक पक्की सडक र अन्य कच्ची सडहरु छन् । त्यस मध्य बेल्दोभानको सडक सबै भन्दा छिटो सडक हो ।

गाईघाट हुँदै बेल्दोभानको सडक करिब २३ किलो मिटर छ भने साउने हुँदै रौताको सडक ४२ किलो मिटर छ । उक्त सडक घुमाउरो भएका कारण ढिलो छ । तर छिटो सडकको स्तर उन्नती नहुँदा घुमाउरो सडकनै यात्रु तथा पर्यटकहरुले प्रयोग गर्न बाध्य छ । जनताहरुले छोटो दुरीको सडलाई प्रयोगमा ल्याउन बाराम्वार माग राखिरहेको छ । तर स्थानीय प्रदेश र संघिय सरकार यस प्रति पटक्कै सकरात्मक छैन् । बेल्दोभान स्थित पर्ने बरुवा खोलामा लाग्ने पुलले रौतालाई थप छिटो र सहज रुपमा जोड्दछ । सोही खोलामा लाग्ने पुलको नापजाँज सुरु भएको हो । उक्त पुल नाँपचाँजमा त्रियुगा नरपालिकाका मेयर बसन्त वस्नेत, १६ नं वडाका अध्यक्ष मान वहादुर राई र १५ नं वडा अध्यक्ष गणेश तिमिल्सिना लगायत अन्य व्यक्तिहरुको उपस्थित रहेको थियो ।

