
पूर्णपुष्टि, ११ बैशाख ।
नेपाल पत्रकार महासंघ उदयपुरको जिल्ला अधिवेशन यहि बैशाख १७ गते हुने भएको छ । गाईघाट स्थित महासंघकै भवनमा अधिवेशन हुने भएको हो । महासंघको नेतृत्व चयनलाई लक्षित गर्दै अधिवेशन हुन लागेको जिल्ला अध्यक्ष भरत खड्काले जनाए । अध्यक्ष खड्काका अनुसार माहाशसंघको आउँदो चुनावलाई अधिवेशनले बाटो खोल्ने छ । अधिवेशन पश्चात निर्वाचनको मिति तोकिने जनाईएको छ ।
