
पूर्णपुष्टि, असार १२ । उदयपुरमा (भोली) शुक्रबार सुनचाँदी व्यवसायीहरुले पसल बन्द गरेर शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको छ । सरकारले आगामी आर्थिक बर्षको बजेटमा सुनचाँदी तथा हिराका गरगहनाको ब्याबसायमा लगाएको बिलासीता करको बिरुद्धमा ब्याबसायीहरु आन्दोलनमा उत्रिन लागेका हुन् ।
सगरमाथा सुनचाँदी व्यवसायी संघ र उदयपुर सुनचाँदी व्यवसायी संघको संयुक्त नेतृत्वमा भोली सदरमुकाम गाईघाट बजार, कटारी बजार, बेल्टार बजार, रामपुर लगायत बजारका सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर आन्दोनलमा उत्रन लागेका हुन् । यस अघि गत जेष्ठ २९ गते पनि गाईघाटमा सुनचाँदी व्यवसायीहरुले आन्दोलन गरेका थिए ।
नेपाल सुनचाँदी व्यावसायी महासंघको निर्देशन अनुसार उदयपुरमा पनि व्यवसायीहरुले पसल बन्द गरेर आन्दोलन गर्ने निर्णय गरिएको उदयपुर सुनचाँदी व्यवसायी संघले जनाएको छ । गाईघाटस्थित पिपल चोकदेखी र्याली सहित नगर परिक्रमा गरी कोणसभा गर्दै आन्दोलन स्थगित गरिने संघले जनाएको छ ।
व्यवसायीहरुले सुनमा लगाईएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, बहुमुल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने र सुनचाँदी कारोबारीको लागी प्रष्ट निति नियमावली निर्माण गर्नुपर्ने माग राखेका छन् ।
सरकारले सुनचाँदीमा लगाएको विलासीता करले भारतमा भन्दा नेपालमा धेरै महङ्गो पर्न जाने भएको कारण उपभोक्ताहरु भारतमा गएर गरगहना गरिद गर्ने अवस्था सिर्जना हुने बताउँदै राजश्व संकलनमा राज्यलाई र व्यवसायलाई पनि घाटा हुने संघको बुझाई छ । उपभोक्ताहरुलाई पनि मार पर्ने भएकोले विलासीता कर खारेज गर्नु पर्ने माग सहित व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
