
पूर्णपुष्टि, फागुन २० । उदयपुरमा स्ववियु निर्वाचनको तयारी र चहलपहल सुरु भएको छ । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी धमाधम थालिएको हो ।
जिल्लाको सदमुकाम गाईघाट, मोतिगडा, बसाहा, बेल्टार र कटारी गरी पाँच क्याम्पसमा स्ववियुु रहेका छन् । ती सबैमा चुुनावी तयारीसंगै विद्यार्थी राजनीतिको चहलपहल सुरु भएको छ ।
क्याम्पसहरुमा अखिल क्रान्तिकारी, ने.वि. संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी बहुुमत, अखिल क्रान्तिकारी विप्लब लगायतका संगठनहरु दर्ता भएका छन् ।
क्याम्पसका निर्वाचन समितिहरुले आवश्यक बैंठक, छलफलसहितको तयारी थालेको हो । यस्तै त्रियुगा बहुमुखी क्याम्पस मोतिगडामा भने शनिवार दर्ता भएको बिभिन्न संगठनहरुको चुनावी तयारीको बैठक समेत बसिसकेको छ । संगठनहरुले निर्वाचनलाई कसरी सफल बनाउने भन्ने सम्बन्धित केन्द्रीत रहेर छलफल बसेको हो ।
