Wednesday, June 10News That Matters

लिम्चुङबुङ गाउँपालिकाद्धारा सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा

पूर्णपुष्टि,फागुन १९ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले स्थानीय सुत्केरीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलव्ध गराउने भएको छ । गत फागुन ३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले ‘एम्बुलेन्स सेवा संचालन निर्देशिका २०७९’ स्वीकृत गरेको थियो । सोहि आधारमा आफ्नो गाउँपालिका भित्रका सुत्केरी महिलाहरुलाई यस्तो सेवा दिने निर्णय भएको हो ।

पालिकाको सुत्केरी महिलासँगै जो आर्थिक रुपमा विपन्न परिवारका बिरामीलाई समेत एम्बुलेन्स सेवामा छुट दिइने गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो । उनका अनुुसार अस्पातालले रेफर गरेको नेपालका जुनसुकै अस्तालमा पनि लैजादा पालिकाले निशुल्क एम्बुलेन्स उपलब्ध गराउने अध्यक्ष राईले जानकारी दिनुभयो ।