Sunday, April 19News That Matters

उदयपुरमा हायसको ठक्करबाट एक जनाको मृत्यु

पूर्णपुष्टि, मंसिर २२ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १० बोक्समा आज बिहानै हायसको ठक्करबाट एक पूरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा नं. ११ चप्पन बस्ने ५६ बर्षीय परणशेर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार आज बिहान ५:४५ बजे काठमाण्डौँ जाने प्र ०१–००६ ख ५८७१ नंम्बरको हायस गाडीले बोक्सेबाट झर्ने क्रममा मर्निङवाकमा हिडिरहेका राईलाई नेपाली सेनाको ब्यारेक नजिकै ठक्कर दिएको थियो । हायसको ठक्करबाट गम्भिर घाईते भएको राईलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याईएको थियो भने उनको उपचारको क्रममा मृत्यु भएको डिएसपी चापागाइले जनाए । हायस र हायस चालकलाई नियन्त्रणमा लिईसकेको प्रहरीले जनाएको छ ।