Sunday, April 19News That Matters

उदयपुरमा ८ दिन देखी एक बृद्ध बेपत्ता

पूर्णपुष्टि, मंसिर २१ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं २ सनुवाका ८३ बर्षीय लाल बहादुर कार्की ८ दिनदेखी बेपत्ता भएका छन् । उनका जेठा छोरा मिन बहादुर कार्कीका अनुसार त्रियुगा नगरपालिका वडा नं. १५ खाबुँ बस्ने माईला भाई खड्ग बहादुर कार्कीको घरबाट यहि मंसिर १३ गते बिहान गाईघाट जान्छु भनी हिडेको बुबा बेपत्ता भएका हुन् ।

उनका अनुसार बेपत्ता बुबालाई गाउँघर तथा आफन्तकोमा खोजतालास गर्दा समेत फेला नपरेपछि गत आईतबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा खोजतालासको लागी उजुरी दिईएको छ । बेपत्ता कार्कीको गहुगोरो वर्ण, उचाई अन्दाजी ५ फिट ३ इन्च, मझौला शरिर, बायाँ हातको साइली औँला र कान्छि औँला नचल्ने, कान कम सुन्ने, कपाल केही फुलेको छ भने सेतो कमेज, सुरुवाल, कालो रंगको हाफ ज्याकेट, हातमा घडी, गोल्डस्टार जुत्ता र ढाका टोपी लगाएका थिए ।